अन्तर्राष्ट्रिय ‘स्क्यामर’को फन्दामा नेपाली विद्यार्थी, धरापमा हजारौ विद्यार्थीको भिसा

काठमाडौं – कीर्तिपुरका सागर श्रेष्ठ (नाम परिवर्तन) ले बेलायतको इस्टलण्डन विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिए । कीर्तिपुरको नयाँ बजारमा पनि शाखा रहेको बागबजारको एक शैक्षिक कन्सल्टेन्सीमार्फत उनले विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका थिए । उनको केही दिनमै अफर लेटर आयो, एनओसी बनाए, विश्वविद्यालयमा ट्युसन फि डिपोजिट गरे । विश्वविद्यालयले कास जारी गर्यो । भिसा लजमेन्टको समयमा कन्सल्टेन्सीले सागरलाई एउटा अफर दियो । सोही अफरमा सागर पनि लोभिए ।
सागरलाई कन्सल्टेन्सीले दिएको अफर थियो, ‘क्रेडिट कार्डबाट भिसा फि र अध्यागमन स्वास्थ्य अतिरिक्त शुल्क (IHS) तिरिदिने । बैकिङ च्यानलबाट तिर्ने रकमभन्दा २ लाख …