आफ्ना सन्तानलाई कति विश्वास गर्नुहुन्छ ? त्यस्तै विश्वासिलो छ सुयान
अहिले एउटा कन्सल्टेन्सी आफ्नो विश्वसनियताको कारण निकै चर्चामा छ, कुमारीपाटीमा अवस्थित– सुयान एजुकेशन प्राइभेट लिमिटेड । जापान जानेहरुको लागि यो एउटा भरपर्दो कन्सल्टेन्सीको रुपमा स्थापित छ । सरकारले गलत कन्सल्टेन्सीहरुलाई अहिले धमाधम कारवाही गर्दै गरेको बेला यो कन्सल्टेन्सी कानुनी शुद्धताको कारण चोखिएको छ । जापानमा लामो समय दुःख गरी नेपाल फिर्ता भएका थेचोका सुनिल महर्जन र उनकी श्रीमती याङजी शेर्पाले कन्सल्टेन्सीलाई यो परिष्कृत अवस्थामा ल्याइपुर्याएका हुन् ।
जापानीज भाषा पढाउने सुयान कन्सल्टेन्सीका सञ्चालक सुनिल र याङजीको कन्सल्टेन्सी यो अवस्थासम्म आउँदासम्म अनेकन आरोह अवरोह आएका छन् । आइडियल मोडेल स्कुलबाट सन् २००० मा एसएलसी पास गरेका सुनिल महर्जन एक मेधावी छात्र थिए । एसएलसीलगतै उनको पारिवारिक स्तर खस्कियो । उनले बिहान कलेज पढ्ने, दिउँसो काम गर्दै प्लस टु सकाए । बिबिएस पढनको लागि भने मिनभवन कलेजमा भर्ना भए । यही क्रममा पढाइमा जेहेन्दार भएकोले, बौद्धको एक साथीले उनलाई आफूले काम गर्दै गरेको ‘कप्युटर इन्टिस्युट’मा काम गर्नका लागि बोलाए । उनी त्यहाँ गए । त्यहाँ कप्युटरलगायत अंग्रेजी भाषाको पनि पढाइ हुन्थ्यो । सुनिलले त्यहाँ काम गर्ने सिलसिलामा एकदिन त्यहाँ आउने एक सरले जापानीज भाषाको ‘कान्जी’को चर्चा गरेको सुने । उनलाई कान्जीकाे बारेमा जिज्ञासा भयो । उनको साथीले पहिलोपटक विश्वभाषा कलेजको चर्चा निकाल्दै, कान्जीको चर्चा गर्ने सर त्यही कलेजबाट दिक्षित भएको जानकारी दिए । एक दुई प्रश्नको तृष्णा साथीको जवाफले मेटियो तर भित्र अझै जिज्ञासा जिवित नै थियो, जापानिज भाषाको कान्जी भनेको के होला ?
एकदिन युवावस्थाको लहडमा उनी प्रदर्शनीमार्गस्थित विश्वभाषा कलेजको साइनबोर्डमुनि उभिए । भाषा कलेजको ढोकामा त उभियो, यात्रा अन्यौल नै थियो । भर्ना म्याद सकिए पछि पनि विद्यार्थी युनियनको एक अपरिचित साथीको सहयोगले भर्नाको सूचीमा अन्तिम नाम लेखाउन उनी सफल भए । यसरी लक्ष्य बिना सुरु भएको भाषा यात्रामा उनलाई भाग्यले निकै साथ दिएको थियो । विश्वभाषा कलेजमा उनले जापानीज भाषा लिएर विभाजित दुई सत्र आधारभूत र परिष्कृत दुबै विषय १ बर्ष लगाएर छिचाले । अचम्म यस कुरामा थियो कि, प्रमाणपत्र च्यापेर विश्वभाषा कलेजको ढोकामा उभिएका सुनिललाई अबको यात्रा कहाँ ? थाहा थिएन ।

भाग्यले साथ दिने क्रम टुटेन । एकदिन अर्को एकजना साथीको मामा विद्यार्थी भिसामा जापान गएको थाहा पाए । त्यही सूचनाले उनलाई विद्यार्थी भिसामा जापान पठाउने कन्सल्टेन्सीसम्म पुर्यायो । त्यही कन्सल्टेन्सीको दैलोमा पहिलो पटक भेट भयो, उनको अहिलेकी जीवनसाथी याङजी शेर्पा । सामान्यरुपमा परिचित भएर जापान गएका, एउटै कलेजमा भर्ना भएर पढ्ने क्रममा याङजीसँग उनको आत्मीयता बाक्लियो । जापानमा डेढ वर्ष भाषा पाठशाला र दुई वर्ष होटल व्यवस्थापनमा सतप्रतिशत उपस्थिति जनाउँदै सुनिलले उच्च अंक ल्याएर सकाए । त्यो बेला जापानको होटेलमा नेपालीहरुले कामदार भिसामा काम गर्न फोन्ट डेस्कमा बस्नुपथ्र्यो । सुनिलको जापाजिन भाषा त्यो स्तरमा परिष्कृत भैसकेको थिएन । उनले कामदार भाषा लिने तयारीस्वरुप जापाजिन भाषामा एनवान गरे । त्यो क्रममा एमए पनि सकाए । उनले त्यो बेला भोकेस्नरी इन्टिच्युटमा अंग्रेजी विषयमा ल्याएको त्यो बेलाकै उच्चांक थियो । सन २००९ मा नेपालमा आाएर विहे गरेका सुनिल र याङजीले जापानमा कम्पनी खोलेर काम गर्न थाल्यो, जस्ले उनीहरुलाई जापानको कानुनसँग नजिक हुने अवसर दिलायो ।
सन २०१८ मा छोरी सुयानाको लागि नेपाल सँधैका लागि फर्केका दम्पतिको सोच नै नेपालमा एउटा भाषा संस्था स्थापना गर्नु थियो । उनी यसैको खोजीमा थियो । एकदिन मनकामनाबाट फर्किरहेका सुनिललाई एक साथीले भाषा संस्थाको लागि लगनखेलमा दुइटा कोठा खालि रहेको जानकारी दियो । उनी मनकामनाबाट सिधै लगनखेल आयो र जीवनमा एउटा ठूलो निर्णय गरे– कर्मथलो लगनखेललाई बनाउने । उनी त्यो दिन रातिमात्र जन्मथलो थेचो पुगे । त्यो बेला मनकामनाबाट घर फर्किँदा बोकेर आएको झोलासँगै छातीमा भोलिको जिम्मेवारीको भारी पनि थियो ।
सुरुमा आठ दश जना विद्यार्थी भए पुग्छ भनेर सानो सपना रोपेर सुरुवात भएको कन्सल्टेन्सीलाई पछि भाग्यले साथ दियो । सुयान एजुकेशन स्थापना गरेको केही समयमा नै जापानको लागि कामदार भिसा खुल्यो । कोरिया जानेको भीडसँगै जापान जानेहरुको भीड पनि लगनखेलतिर बाक्लियो । अब उनलाई दुई कोठाले पुगेन । पार्किङसहितको शान्त, खुल्ला र समयको मागबजोजिम डिजिटल माध्यमले अध्यापन हुने भाषा पाठशालास्तरकै ठाउँको खोजले उनलाई लगनखेलबाट कुमारीपाटी पुर्यायो । हाल झन्डै १०० जना विद्यार्थीलाई जापानिज भाषा पढाउँदै, श्रीमान् र श्रीमती नै बिहानदेखि खटिएका छन् ।
भाषा पढाउने सुयान एजुकेशन प्राइभेट लिमिटेडको विश्वसनीयता, पारिवारिक वातावरण, जापानमा लामो समय बसेर त्यहाँको भाषा, कानुन, संस्कृति, कला, भेषभुषा बुझेका दक्ष शिक्षक भएकाले सबै विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । विद्यार्थीलाई ‘सपना देख्नुपर्छ र सपना त्यति सजिलै प्राप्त पनि हुँदैन । जापान पुग्दैमा स्वर्ग पुगिने होइन, कर्म नै स्वर्गको बाटो हो’ भनेर कर्मलाई नै जोड दिने सुनिल विद्यार्थीहरुलाई आश्वासनहरु बाँडदैनन् । ‘जापानको सीमाना टेक्नेबितिकै पैसा फल्ने रुखको छहारीमा पुग्छ’ भन्दैनन । यस्तै व्यवहारिक प्रशिक्षणको कारण जापान गएका आफ्नै विद्यार्थीहरुले अन्यलाई सुयान एजुकेशन नै पढ्न सुझाएका उनी बताउँछन् ।
छोरीहरु सुयाना र आयाना उनको लागि भाग्यको उपज भएको छ । छोरीको नामबाट खुलेको सुयानमा अध्ययनका लागि आउने विद्यार्थीले पनि सन्तानको जस्तै माया पाउँछन् । विद्यार्थीहरुले पनि सुयानलाई अभिभावक सम्झिएर विश्वास गरेका छन् । अझ भनौं आफ्ना सन्तानलाई कति विश्वास गर्नुहुन्छ ? त्यस्तै विश्वासिलो छ सुयान ।
सुनिल आज जहाँ छन्, आफ्नै कर्म र भाग्यकै संयोजनले दिएको फलस्वरुप छन् । सफलतासँगै उनको सपनाको लम्बाइ र चौडाइ पनि बढेको छ । उनी नेपालमै केही गरेर सुयानलाई हजारौं विद्यार्थी उत्पादन गर्ने संस्थाको रुपमा विकशित गर्न चाहान्छन् । उनी यसको लागि आफ्नो टिमसहित तयारीमा पनि लागेका छन् ।