‘जगदिश खरेललाई जिताएका पाटनबासीले मेयरमा अभिनवलाई खोजिरहेका छन्

बिहिबार, ७ जेष्ठ २०८३

काठमाडौं – ललितपुर महानगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर चिरीबाबु महर्जनले दुई कार्यकाल खाइसकेका छन् । संविधानत् पुनः मेयर बन्न नपाउने भएपछि पाटनबासीले अबको मेयर को भन्दै चासो लिन थालेका छन् । आफ्नो भाषा, संस्कृति, लिपी र पुरातत्वको लागि लागिपरेका ललितपुरका अभियन्ताहरुले दीनदुखीलाई सहयोग गर्दै हिँडने अभिनव बज्राचार्यको नाम लिन थालेका छन् ।

सेवाकर्मका कारण सामाजिक संजालमार्फत ‘जिउँदो भगवान’को उपमा पाएका बज्राचार्य अर्थात बज्रलाई धेरै नेपालीले भावी प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छन् । तर सबै पाटनबासीले अभिनवलाई महानगरको मेयरमा ल्याउने योजना बनाएका छन् । जगदिश खरेललाई हात समानेर जिताउने अभियन्ताहरुले आफ्नै गाउँको अभिनवलाई महानगरमा ल्याउनुपर्छ भन्दै भित्रभित्रै अभियान चलाएका छन् ।

छदेशको कुनाकाप्चामा गएर सेवा गर्ने अभिनवले आफ्नो नगरलाई अवश्य कायापलट गर्नेछ’, अभियान्ताहरुको विश्वास रहेको छ । हालै २१ बर्षकी मृर्गोला रोगी ईशा बिकको घरको कोठामै गएर खाना खाएर उनको जीवन बचाउन उनले खेलेको भूमिकाको चौतर्फी वाहवाहले सृसज्जित भयो । दलित समूदायको भर्खरकी युवतीको जीवन रक्षार्थ उनले आफ्नै गोजीले काठमाडौंदेखि सिमरासम्मको जहाजको टिकट काटनु कम्ता त्याग होइन ।

कोठामा बती निभेर फुटपाथमा किटाब पढ्ने भाइको भविष्यमा लाल्टिन बाल्ने काम उनकै हातबाट भयो । उनी कहिले रश्मी दिदीको घरमा गएर सडक कुकुरहरुलाई खाना खुवाउन चाँजोपाँजो मिलाइरहेको देखिन्छन् भने कहिले ‘भोक लाग्यो’ भन्ने केटाकेटीलाई रेष्टुरामा पिज्जा खुवाइरहेको भेटिन्छन । केही समय अगाडि उनी जीवनमा दालभातको अनुहार पनि मुश्किलले देख्ने सडकका केही आमाहरुलाई जापानीज खानाको परिकार चखाएर प्रशंसाको पात्र बनेका थिए ।

उनलाई बृद्ध आमाहरुले छोराको नजरले हेर्छन्, अनाथ केटाकेटीहरुले दाइको, दिदीहरुले भाइको, हजुरबुबाहरुले नातिको, बुबाहरुले छोराको अस्रपुरित नजरले हेरेको देख्यो भने जस्को मन पनि भावुक हुन्छ । यसरी सेवा नै सेवाको भावले ओतप्रोट भएको अभिनवको निमित सबै ललितपुर महानगरबासीले २०८४ को स्थानीय तह निर्वाचनमा सोच्नुपर्छ कि ?