‘डेरामा बस्ने केटी कथासंग्रह छापिनुपूर्व नै चर्चामा’
बरिष्ठ लेखक प्रेमकृष्ण श्रेष्ठको कथासंग्रह ‘डेरामा बस्ने केटी’ प्रकाशित हुने भएको छ । संग्रहमा उन्नाइस वटा कथा संग्रहित छन् । अंग्रेजी, हिन्दी, नेपाली र नेपाल भाषामा देश–विदेशमा कथा प्रकाशित गर्दै आएका श्रेष्ठ एक चर्चित कथाकार हुन् । उनका हरेक प्रकाशित कथा नेपाली साहित्यमा चर्चाको विषय बन्ने गरेका छन् । यसकारण उनको पहिलो कथा संग्रह प्रकाशित हुनुपूर्व नै सर्वत्र चासोको विषय बनेको हो । प्रकाशनपूर्व नै धेरै पाठकले स्नेह देखाएर कृतिको माग भएको सुनिएको छ । कथा संग्रह संवाद प्रकाशन प्रा.लिले प्रकाशित गर्न लागेको हो ।