कीर्तिपुरमा मेयर सेलाउँदा वडा अध्यक्ष तम्सिँदै

शुक्रबार, १२ भाद्र २०८३

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले देशभरिका कैयन मानिस बेपत्ता हुँदा कीर्तिपुरका पनि केही मानिस बेपत्ता भएको सूचना संप्रेषण भएको थियो । कीर्तिपुर नगरपालिकाले यस विषयमा खासै चासो नलिएको पाइएपछि जनस्तरबाट मेयरको व्यापक विरोध भएको थियो ।

‘वन, वातावरण तथा विपत व्यवस्थापन समिति’का संयोजक वडा नं ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले आकस्मिक बैठक बोलाएर, खोज, उद्धार र राहतका पाँच थान निर्णय गराएको विश्वस्त सुत्रबाट खबर प्राप्त भएको छ । राहत संकलनका लागि नगरपालिकाबाट सार्वजनिक आहवान गर्ने, प्रभावित ठाउँमा सम्वन्धित निकायबाट स्वयंसेवक परिचालिक माग भैआएमा सेवा गर्न इच्छुक ब्यक्तिहरुको नाम सुचिकृत गर्न कीर्तिपुर नगरपालिकाबाट खुल्ला सूचना आहवान गर्न सिफारिस गर्नेजस्ता निर्णय गराएका थिए ।

‘वडाबासीको पीडा मेरै पीडा हो’ भन्दै मेयर सेलाए पनि वडाअध्यक्ष बानियाँ जुर्मराउँदा बानियाँको अहिले सर्वत्र तारिफ भइरहेको छ । एउटै पार्टीबाट निर्वाचित मेयरलाई नै उछिन्दै वडा अध्यक्षले देखाएको यो पहलकदमी तारिफयोग्य छ । वडा अध्यक्ष बानियाँ आजै केही स्वयंसेवक लिएर बाढी प्रभावित ठाउँमा खोज, उद्धार र राहतका लागि गएर राहत वितरण गरिरहेको केही थान तस्बिर मोटिभेटन्युजलाई प्राप्त भएको छ ।