बसेरा बुटिकमा अबैध ‘एजेण्ड मिट’ हुँदै, रोक्न माग
काठडमाडौं – सरकारले नेपाली शैक्षिक कन्सल्टेन्सीलाई शैक्षिक मेला, सेमिनार, गोष्ठी गर्न बन्द गरेको छ । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली २०८३ मार्फत विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई प्रलोभन पार्न गरिने मेला, सेमिनार, गोष्ठीमा सरकारले प्रतिबन्ध लगाएको छ ।
तर नेपालमा दर्ता नभएका विदेशी शैक्षिक कन्सल्टेन्सीहरुले तारे होटलमा खुसुक्क विभिन्न खालका सेमिनारहरु गरिरहेका छन् । यसरी सेमिनार गरेर विद्यार्थी तथा दर्ता नभएका शैक्षिक कन्सल्टेन्सीलाई प्रभावमा पार्न मेला, सेमिनार, गोष्ठी गर्नेमा crizac Limited नामको विदेशी कम्पनी (शैक्षिक टेक कम्पनी) पनि एक हो । यो कम्पनीले आज अर्थात भदौ १८ गते दिउसो १ बजे एजेण्ट मिट नामक कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमका लागि संजय सिंह नामका व्यक्तिले होटल बुक गरेको सिंहदरबार दक्षिण गेटमा रहेको बसेरा बुटिक होटलले जनाएको छ। श्रोतका अनुसार १ बजेको भनेर राखिएको एजेण्ट मिट बेलुका ६ बजेका लागि सारिएको छ । एजेण्ट मिटमा बेलायत र न्युजिल्याण्डका विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागीता हुनेछ । सिंह crizac सँग सम्बन्धीत व्यक्ति हुन् ।
नेपालका शैक्षिक कन्सल्टेन्सीलाई विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिन आयोजना गरिने मेलामा प्रतिबन्ध लगाएको सरकारले उक्त एजेण्ट मिट पनि रोक्नुपर्ने आवाज उठेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल एण्ड्युले यस्ता कार्यक्रम रोक्नुपर्ने बताएका छन् ।
एकातीर सरकारले नेपाली एजेण्डमाथि प्रतिबन्ध लगाउने अर्कोतीर विदेशी कम्पनी नेपालमा आएर दर्ता नभएका शैक्षिक कन्सल्टेन्सीमार्फत विद्यार्थी उठाउने कार्यले नेपाली व्यवसायीहरु मारमा परेका छन् । विदेशी एड्टेक कम्पनीले सुरुमा नेपालका कन्सल्टेन्सीलाई प्रलोभनमा पार्ने, भिसा रिजेक्सन भएपछि वा अन्य केही समस्या आएमा सम्पर्क विहिन भएर फसाउने गरेका घटनाहरु घटिरहेका छन् ।
धेरै यस्ता एड्टेक कम्पनीले भिसा रिजेक्सन भएको खण्डमा रिफण्डमा चासो नदिने, विद्यार्थी अलपत्र परेमा नेपाली कन्सल्टेन्सीलाई दोष दिने, नेपालका शैक्षिक कन्सल्टेन्सीलाई हुण्डिमार्फत कमिसन दिएर करछलीसमेत गर्ने गरेका छन् ।
केही दिन अघि यही कम्पनीले आयोजना गरेको एजेण्ट मिट प्रहरीको हस्तक्षप पछि बिचैमा रोकिएको थियो ।