प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा The Next को १० लाख ५१ हजार योगदान

बिहिबार, ११ भाद्र २०८३

काठमाडौँ – बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि The Next Education Consultancy Group ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दश लाख एकाउन्न हजार रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरिएको The Next  ले जनाएको छ।

The Next Education Consultancy Group ले बाढी–पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, उद्धार तथा सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

उद्धार तथा राहत कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी निकायहरूको योगदानप्रति समूहले सम्मान तथा आभार व्यक्त गरेको छ।The Next का अनुसार, यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई विपद्को यस कठिन समयमा प्रभावित नेपालीहरूसँग ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने एउटा सानो मानवीय प्रयास हो।

The Next Education Consultancy Group ले विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपालीलाई मानवीय भावनाका साथ सहयोग, सहकार्य र एकताका लागि समेत आह्वान गरेको छ। नेपाली विद्यार्थीहरुको विदेश अध्ययनको सपना पुरा गर्दै आएको The Next ले विभिन्न समयमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।