NAPS अष्ट्रेलियाद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख सहयोग

बिहिबार, ११ भाद्र २०८३

अष्ट्रेलिया – नेशनल एकेडेमी अफ प्रोफेशनल स्टडिज (NAPS), अष्ट्रेलियाले नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायहरूको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैया सहयोग गरेको छ ।

नेपाल र नेपाली समुदायसँग गहिरो र दीर्घकालीन सम्बन्ध राख्ने अष्ट्रेलियाली उच्च शिक्षा संस्थाको रूपमा, NAPS ले आफ्ना प्रियजन गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

यो सहयोग NAPS को निरन्तर कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) प्रतिबद्धताको अंश भएको जनाउँदै  यो रकम तत्काल सहयोग ,आपतकालीन राहत तथा पुनर्निर्माण कार्यमा प्रयोग हुने विश्वास व्यक्त गरेको छ ।

”NAPS को  नेपालसँगको हाम्रो सम्बन्ध शिक्षाभन्दा परको हो । आवश्यक परेको बेला समुदायलाई सहयोग गर्नु NAPS को निरन्तर सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा हो । यस कठिन समयमा हामी नेपाल र यसका जनतासँग सँगै छौं।” NAPS अस्टेलियाले सार्वजनिक गरेका विज्ञप्तिमा भनिएको छ ।