नागढुङ्गा-नौबिसे सडक खण्ड दुवै तर्फ अबरुद्ध
काठमाडौं – बिहान खसेको पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ ।धुनीवेशी नगरपालिकास्थित वडा नम्बर–९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो खस्दा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो ।
सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन् ।पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
लेदोसहितको पहिरो खसेकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।