नेकपा प्रतिनिधि समिति सदस्य ठाकुर सीको निधन

मंगलबार, १५ साउन २०८१

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य शूर्यप्रसाद पनेरु (ठाकुर सी)को निधन भएको छ । गोरखा नगरपालिका वडा नम्बर १ घरभई चितवन बस्दै आएका ४७ बर्षिय ठाकुरको आइतबार राती असामयीक निधन भएको हो ।

प्रहरीले दिएको जानकारी काठमाडौं, सुनधारास्थित मुनलाइट होटलमा उनी मृत भेटिएका थिए । उनको पोष्टमार्टमपछि पशुपति आर्याघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिक शरिरमा कम्युनिस्ट पार्टीको झण्डा ओडाएर अन्त्यष्टि गरिएको थियो ।

यसअधि सर्लाही जिल्ला इन्चार्ज रहेका उनी हाल केन्द्रीय कार्यालयमा कार्यरत थिए । उनको अन्त्यष्टिमा नेकपा प्रतिनिधि समिति सदस्य तथा काठमाडौं महानगरपालिका इन्चार्ज डिआर सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।