नर्स ममता काफ्ले बेपत्ता प्रकरण: गुगलमा भेटियो अर्को सनसनीपूर्ण तथ्य

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं – अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेका श्रीमान् नरेशदत्त भट्टले आफ्नो कम्प्युटरमा श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ? भनेर अनलाइनमा सर्च गरेको पाइएको छ। श्रीमती बेपत्ता पारेको आरोपमा उनीबिरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो।

सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका छन्, श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?

भट्ट नर्स श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको प्रमाणका रुपमा उक्त कुरालाई उल्लेख गरिएको छ।

नर्स काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई हत्याको आरोप भने लगाइसकिएको छैन।