खाईपाई आएको मन्त्रालय एमालले खोसेपछि दीपक मनाङेले गरे अर्को महत्वपूर्ण मन्त्रालय पनि अस्विकार

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ – मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।

त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।

उनले वन मन्त्रालय नस्विकार्ने बताए । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।