एमाले अध्यक्ष ओलीको फलोअर्स घटेकोप्रति रामकुमारीको चिन्ता,लेखिन् यस्तो स्टाटस

बुधबार, १९ भाद्र २०८१

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले बालेन समर्थकले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चलाएको अनफलो अभियानबाट फलोअर्स  घटेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।बुधबार सामाजिक संजालमा स्टाटस  लेख्दै चिन्ता व्यक्त गरेकी हुन्।

उनले चिन्ता मात्र गरिनन् ओलीलाई उर्जा आउनेगरी सान्तवनासमेत दिएकी छिन ,  उनले स्टाटस मार्फत भनेकी छिन्, ‘ एमालेका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ यो सामान्य कुरा हो।’

उनले फेसबुकमा लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’