देउवाको ठाडो निर्देशनपछि वनमन्त्रीले दिए राजीनामा
काठमाडौँ – लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मन्त्री कुर्मीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनीको मन्त्री बनेका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट वनमन्त्री बनेका हुन् ।
विवादमा आएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइएको छ ।
चौतर्फी जनविरोध र एमाले अध्यक्ष ओलीले सरकारको बदनाम भएको बन्दै मन्त्रालयबाट राजिनामा दिन देउवालाई दबाब परेपछि पदबाट हट्न ठाडो निर्देशन दिएका थिए। निर्देशन दिएको केही घन्टामै कुर्मीले राजिनामा दिएका हुन्।