संसदमा सभामुखले देखाए राजनीतिक रंग, माओवादीलाई बायस गर्दै गरे एमालेकै पक्षपोषण

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ – प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले संसदमा राजनीतिक रंग देखाएका छन् । भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाभनि प्रयोग गरेको सब्द असंसदीय होइन भन्दै एमालेको पक्षपोषण गरेर राजनीतिक रंग देखाएका हुन्।

भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए ।भट्टराइको अभिव्यक्तिपछि सदनमा एमाले माओवादीबिच निरन्तर घोपेच चलेको थियो ।

त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएपछि घिमिरेको राजनीतिक रंग सतहमा देखिएको हो।

मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै  माओवादीले सभामुखको रुलिङ्गप्रति आपत्ति जनाए ।