डीएसपी कुमोद ढुंगेल निलम्बित
काठमाडौं : डीएसपी कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बनमा परेका छन्। डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो।
गृहमन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले बतायो। यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए। ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत छन्।
ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले गरिरहेको छ।