एईसीसी ग्लोबलको युके/अस्ट्रेलिया एड्मिसन डे सम्पन्न, झण्डै ४ सय विद्यार्थीको सहभागिता

बिहिबार, ३ असोज २०८१

काठमाडौं – नेपालको लोकप्रिय शैक्षिक कन्सल्टेन्सी एईसीसी ग्लोबलको युके÷अस्ट्रेलिया एड्मिसन डे सम्पन्न भएको छ । बिहीबार सम्पन्न फेयरमा झण्डै ४ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।

एईसीसीको काठमाडौंस्थित डिल्लिबजारमा रहेको कार्यालयमा सम्पन्न फेयरका युके र अस्ट्रेलियाका २७ बढी विश्वविद्यालयको सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चलेको फेयरमा सहभागी विद्यार्थीले उत्साहजनक प्रतिक्रिया दिएका थिए ।

फेयरमा सहभागी विद्यार्थी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेट्न पाउँदा खुशी लागेको बताउँदै अरु विद्यार्थीलाई पनि एईसीसीमा आएर परामर्श लिन सल्लाह दिएका थिए । विश्वविद्यालयका प्रतिनिधिले पनि एईसीसीको फेयरमा विद्यार्थीको भिड देख्दा आफूहरु निकै उत्साहित भएको बताएका थिए ।