भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

बिहिबार, १० असोज २०८१

काठमाडौं –  राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२) गते रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।