श्रीमानलाई ‘बलात्कारी’ भनेपछि सडकमै भिड्न आईन् ऐन महरकी श्रीमती, प्रहरीले गर्यो पक्राउ

सोमबार, १० मंसिर २०८१

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरलाई बलात्कारी भएको आरोप लगाउँदै माइतीघरमा धर्ना बसेका अर्जुन धामी लगायतसँग भिड्न आएपछि प्रहरीले पक्राउ गरेको हो ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै रस्मिला धामी र उनको परिवार धर्नामा बसेको थियो । बलत्कारी ऐन महर लेखिएको व्यानरसहित धर्नामा बसेको धामी परिवारमाथि महरकी श्रीमतीले जाइ लागेकी थिइन ।

आफ्नो श्रीमानमाथि अनावश्यक आरोप लगाएको भन्दै उनले व्यानर खोस्न थालेपछि दुई पक्षबीच झडप भएको थियो । झडपपछि प्रहरीले अर्जुन धामीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुले आफ्ना श्रीमानको चरित्र हत्या गरेको भन्दै महरकी श्रीमतीले उक्त ब्यानर हटाउन माग गर्दै विरोध गरेपछि दुई पक्षबीच झडपसमेत भएको थियो।

महर पक्षको नाराबाजीपछि प्रहरीले उक्त ब्यानर हटाएको थियो। त्यसपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।