डोनाल्ड ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यलाई बमले उडाइदिने धम्की
काठमाडौँ – अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बम आक्रमणको धम्की आएको छ ।
धम्कीहरूबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ ।
ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।