समाजवादी ट्रेड युनियन महासंघले संगठन बिस्तारलाई तिव्रता दिँदै
काठमाडौँ – समाजवादी ट्रेड युनियन महासंघको पेशागत घटक समाजवादी गार्मेन्टसंघ ले संगठन बिस्तारमा तिव्रता दिएको छ। नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन समाजवादी ट्रेड युनियन महासंघको विभिन्न पेशागत संगठन मध्यको गार्मेन्ट संघ पनि एक हो ।
बिगत दुई साता देखि निरन्तर संगठन बिस्तार हुँदै आएको उक्त पेशागत संगठनका केन्द्रीय अध्यक्ष तथा समाजवादी ट्रेड- युनियन महासंघका केन्द्रीय सदस्य उद्धव सीले जानकारी दियका छन् ।
समाजवादी आन्दोलनको गन्तव्य तय गर्न र एकीकृत जनक्रान्ति सफल पार्न संगठनमा वृद्धि र जागरण ल्याउने
उद्देश्यकासाथ महासंघले संगठन निर्माणमा पाईला चालेको बताइएको छ । उत्पीडित मजदुरको हकअधिकार लाई सुनिश्चित गर्न बिगत लामो समयदेखि संघर्षरत महासंघ बिद्रोही संगठन भयकोले उत्पीडित मजदुरलाई छिटो उद्धार गर्ने संगठन भएको महासंघको केन्द्रीय उपाध्यक्ष नारायण सीले बताएका छन्।
आईतवार काठमाडौँ को नयँबजार चमतिस्थित रामकृष्ण गार्मेन्टमा निशा चौधरी संयोजक र बेदना खड्का सहसंयोजक रहनेगरि २५ सदस्यीय गार्मेन्ट मजदुर ईकाई गठन भएको हो। कार्यक्रमको संचालन धर्म सीले गरेका थिए भने महासंघका केन्द्रीय उपाध्यक्ष नारायण सी., केन्द्रीय सदस्य उद्धव सीको विशेस उपस्थिति रहेको थियो।