जीबी राई फरार भएपछि पनि क्रिप्टोमार्फत ३ करोड नेपाली विदेश लगेको भेटियो
काठमाडौँ – सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले क्रिप्टो मार्फत अवैध तवरबाट अर्को मुलुकमा पैसा लगेको भेटिएको छ । सूर्यदर्शन सहकारीको रिसेप्सनमा काम गर्ने लिला पछाई मार्फत उनले रकम लगेको भेटिएको हो ।
पछाईंले उनलाई ३ करोड नेपाली रुपैयाँ क्रिप्टो अकाउन्ट मार्फत पठाएको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताएका हुन् । क्रिप्टो कारोबार नेपालमा अबैध मानिन्छ।
प्रहरीले उनीहरू दुवैलाई अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । पछाई र राईलाई ४ वटा कसुर र अन्यलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न प्रहरीले राय दिएको छ ।