चर्चित गायक उदितनारायणले भारतमा मच्चाए काण्ड

शनिबार, १९ माघ २०८१

काठमाडौं – भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झाले गायक उदितनारायण झाले भारतमा काण्ड मच्चाएका छन् । स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै चुम्मन गरेपछि भारतभर हलचल मच्चिएको छ ।

उदितले कन्सर्टमा ‘टिपटिप वर्षा पानी’ बोलको गीत गाइरहेको थिए । गाउने क्रममा सेल्फी खिच्न स्टेज पुगेकी युवतीलाई झाले च्याप्प समातेर ओठमै किस गरेका थिए । गाला दिदा ओठमै किस मेटेकी युवती खुशीले रमाएउँदै फर्किएको भिडिओमा देख्न सकिन्छ । गम्भीर स्क्यान्डलमा फँसेका छन् । उनले स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै किस गरेको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो कहिलेको र कहाँको हो भन्ने खुलेको छैन । भिडियोमा उदितले एक कन्सर्टमा ‘टिपटिप वर्षा पानी‘’ बोलको गीत गाइरहेको देखिन्छ । गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन् । एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन् । लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन् ।

उदितले यसरी किस गर्दा युवती खुशीले रमाएको भिडिओमा देखिन्छ । साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साएका छन् । उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस खाएको देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन् ।