साँखुमा मृत भेटिएकी महिला प्रहरीबारे नयाँ खुलासा
काठमाडौँ – साँखु ब्यारेकमा मृत भेटिएकी महिला प्रहरीबारे नयाँ खुलासा भएको छ । शाली नदी मेलाको ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ड्युटीबाट फर्केर ब्यारेकमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
बर्दिया निवासी चौधरीले तीन वर्ष अघि सेवा प्रवेश गरेकी थिइन । विवाहित चौधरीका श्रीमान वैदेशिक रोजगारीमा विदेशमा रहेको पाइएको छ।
चौधरीलाई शाली नदी मेलाको ड्युटीका लागि खटाइएको थियो। उनीसँगै ३ जना प्रहरी जवानलाई मेलामा खटिएको थियो, तर चौधरी ब्यारेकमै फर्केर खाना खाइरहेकी थिइन्, जबकि अन्य दुई जनाले मेलामा खाना खाएका थिए। लामो समयसम्म कोठाबाट ननिस्केको र बोलाउँदा जवाफ नआएको अवस्थामा सहकर्मीहरूले झ्याल फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले शवको पोस्टमार्टमका लागि तयारी गर्दै परिवारका सदस्यहरूलाई खबर गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।