दिपक- दीपाको गोप्य प्रेमको पर्दाफास

शुक्रबार, २ फाल्गुन २०८१

काठमाडौँ – जति लुकाउन खोज्दा पनि दिपकराज गिरी र दीपाश्री निरौलाको प्रेम सम्बन्ध भ्यालेन्टाइन्स डेकै सतहमा आएको छ । दीपाले खुल्या च्यालेन्ज गर्दै दिपकसँग अन्तरंग सम्बन्धलाई सार्वजनिक गरेर यो पटकको भ्यालेन्टाइन्स डे स्पेसल बनाएकी छिन् ।

दीपाले दिपकराजसँगका रोमान्टिक तस्बिरहरू इन्स्टाग्राममा राख्दै उनीप्रति अथाह प्रेम रहेको जनाउ दिएकी छिन् ।

कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको आपसी सम्बन्ध नयाँ आयाममा प्रवेश गरेको छ । दीपाश्रीले सम्भवतः पहिलोपटक दिपकराजसँग अन्तरंग सम्बन्धमा रहेको खुला जनाउ दिएकी हुन्  ।

१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन्स डेका रूपमा मनाउने प्रचलन छ, जहाँ प्रेमी(प्रेमिकाले एक- अर्कासँग प्रेमालाप र शुभकामना साटासाट गर्छन् । यही दिन दीपाश्रीले दिपकराजसँगका रोमान्टिक तस्बिरहरू इन्स्टाग्राममा राखेर लेखेकी छन्( ह्याप्पी भ्यालेन्टाइन्स डे) । यसमा उनले प्रेमको इमोजी पनि प्रयोग गरेकी छन् ।

यो पोस्टमार्फत दीपाश्रीले दिपकसँगको प्रेम सम्न्धब सार्वजनिक गरेको धेरैको बुझाइ छ । तर यता विवाहित दिपकले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।उनका हुर्किसकेका दुई छोराछोरी पनि छन् ।

कलाकारितामा लामो समयदेखि दिपक र दीपा सहकार्य गर्दै आएका छन् । उनीहरूको ‘अस्वाभाविक’ सामिप्यतालाई लिएर प्रश्नहरु उठ्दै आएका थिए । तर, दुवैले आफूहरू राम्रो साथीमात्र भएको बताउने गरेका छन् । प्रेमको स्वीकारोक्ति सार्वजनिकरुपमा गरेका थिएनन् । यद्यपि, विभिन्न अन्तरवार्ताहरूमा एक-अर्काप्रति उनीहरुको झुकाव स्पष्टै झल्किन्छ ।