महाकुम्भ मेलाबाट फर्किरहेका तीन नेपालीको मृत्यु
काठमाडौँ – महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।
मेलाबाट फर्किंदै गरेको गाडी सडकको डिभाइडरमा ठोक्किँदा देवदह ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा घाइते हुनेमा कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय चालक रितेश दुबे छन्।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि गोरखपुर रिफर गरिएको छ। फागुन ३ गते ३५ जना तीर्थालु पाँच वटा गाडीमा कुम्भ मेला गएका थिए। नेपाल फर्कने क्रममा आठ जना सवार गाडी दुर्घटनामा परेको हो।