ऋषि धमलाले अन्तरवार्तमै पत्रकार कुट्न खोजेपछि..(भिडियो सहित)

शुक्रबार, ३ जेष्ठ २०७६

काठमाडौं – पत्रकार ऋषि धमलाले अन्तरवार्तमै पत्रकार माथि जाइलागेका छन । ऋषि धमला बदनाम पत्रकार हो भन्ने आशयको प्रश्नमा उनले पत्रकार माथि जाइलाग्न खोजेका हुन । पछि अन्तरवार्ताकारले बदनाम भन्ने शब्द फिर्ता लिएपछि अवस्था सामान्य भएको थियो ।

त्यस्तै, धमलाले आफूलाई नेपालको एकिकरण गर्ने राजा पृथ्वीनारायण शाहसंग तुलना गरेका छन । ओटिभि नेपालसंग अन्तरवार्ता दिने क्रममा पत्रकारको पहिलो प्रश्नमै नाम होस् या बदनामहोस् भन्ने शब्द परेपछि उनले आफू बदनाम पत्रकार नभएको तर चर्चामा अउने पत्रकार रहेको भन्दै पृथ्वीनारायण शाहसंग तुलना गरेका हुन ।

रिसाएरै प्रस्तुत भएका धमलाले आफू बदनाम मान्छे नभएको बरु विवादीत मान्छे भएको बताएका छन् । सोहि अन्तवार्तामा धमलाले आफुलाई बदनामीत मान्छे भनेर प्रमाणित गरे पत्रकारीतानै छोड्दीने पनि चेतावनी दिएका छन् । पृथ्वीनारायण शाह तथा भिमसेन थापासम्मको यो वा त्यो रुपमा सँधैभरी चर्चामा रहेकोले आफूपनि चर्चामा आइरहने बताए ।

कसैले राम्रो भनोस् या नराम्रो भनोस् त्यसको कुनै प्रवाह नगरिकन निरन्तर आफ्नो काममा खटिने उनको स्वभावकै कारण ऋिषिले नेपाली पत्रकारीतामा एउटा छुट्टै स्थान बनाउँन सफल भएका छन् ।

आफ्नो छुट्टै स्वभाव र शैलिकै कारण धमलालाई मन पराउँने र माया गर्ने को जमात ठुलो छ । उनलाई मन नपराउँने जमात पनि ठुलै छ तर त्यस विषयमा उनलाई कुनै प्रवाह नै छैन । प्रशंसा र आलोचना दुवै अत्यधिक हुने नेपाली पत्रकारमा पर्दछन् धमला । बिहान सबेरै देखि राती अबेर सम्म पनि ऋषिका प्रश्न र नेताका जवाफले रेडियो टेलिभिजन गुन्जिरहेको हुन्छ ।

अन्तरवार्ता लिने पत्रकार शिबशक्ति आचार्य मोटिभेट न्यूजका प्रधान-सम्पादक हुन ।

पत्रकार ऋषि धमलासँग ओटीभी नेपालका लागी शिवशक्ती आचार्यले गरेको अन्तवार्ताको पुर्ण भिडियो हेर्नुहोस