नो केबलकार अभियानका अभियान्तालाई चन्द्र ढकालको धम्की
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नो केबलकार अभियानका अभियान्तालाई धम्की दिएका छन् । पाथीभरामा कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने दाबी गर्दै केबुलकार नबन्दा लगानीकर्तालाई निरुत्साहित बनाएको बताए । यस्ता गतिविधिले विदेशी तथा स्वदेशी लगानी रोकिने भन्दै धम्की दिएका हुन् ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको बताए ।
उनले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताए । उनले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गरे ।
उनले बालबालिका, वृद्ध वृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए ।
यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने दाबी गरे । उनले केही राजनीतिक दल व्यक्तिहरूले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको बताए । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गरे ।