चौथिकोट आधारभूत विद्यालयको वार्षिक परीक्षाको तयारी पुरा

आइतबार, २५ फाल्गुन २०८१

कालिकोट – कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिका वडा नं. ०२ मा अवस्थित श्री चौथिकोट आधारभूत विद्यालयले बार्षिक परीक्षाको लागि तयारी अन्तिम रचणमा पुर्याएको छ।

परीक्षा चैत्र १ गतेदेखि देखि संचालन हुने वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक टेक विकले जनाएका छन्। प्रधानाध्यापक विकका अनुसार बिहान ८:३० बजेबाट सुरु हुने परिक्षामा दुइ सय भन्दाबढी  विद्यार्थिहरुको सहभागिता रहनेछ।

उनले भने, ‘पहिलेका बर्षहरुमा परीक्षा छुट्टै हुन्थ्यो विद्यार्थीको रोल नं. का आधारमा परीक्षा तालिका हुन्थ्यो भने तर अहिले रजिस्ट्रेसन नम्बर र सिम्बल नम्बरको आधारमा तालिका तयार पारेक छौं ।’

विद्यालयमा टेक बहादुर प्रधानाध्यापक भएर आएपछि एकपछि अर्को सफलता र सुधृणिकरण प्राप्त भएको तथा नमुना विद्यालयको लिस्टमा समावेस भएको स्थानीयले बताएका छन्। सोहि अनुरुप गएको बुधवार उक्त विद्यालयले वार्षिक परीक्षा तालिका पनि सार्वजनिक गरेको थियो। विद्यालयका अनुसार उत्तरपुस्तिका,  विद्यार्थी प्रदेशपत्र जस्ता छपाई जस्ता सम्पूर्ण कामहरु सक्किएको विद्यालय स्रोतले जनाएको छ।