डोनाल्ड ट्रम्पको अर्को हत्या प्रयास असफल
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्र्ड ट्रम्पको अर्को हत्या प्रयास असफल भएको छ । ट्रम्पको हत्या गर्न हात्मघाति बमसहित ह्वाइट हाउस छिर्न खोज्ने एक व्यक्तिलाई गोली हानी मारेपछि यो योजना असफल भएको हो ।
अमेरिकी गोप्य सेवाले दिएको जानकारी अनुसार मारिएका व्यक्तिको विवरण गोप्य राखिएको छ । वासिङटन डिसी स् आइतबार बिहान ह्वाइट हाउस बाहिर एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ।
विज्ञप्तिमा स्थानीय प्रहरीले एक जना व्यक्ति आत्मघाती हमला गर्ने सोचमा रहेका र इन्डियानाबाट वाशिंगटन डीसी आएका व्यक्ति हुनसक्नेु सूचना दिएको जनाइएको छ।सूचनामा दिएकै विवरणसँग मेल खाने मानिस र ऊसँग हतियार देखिएकोले उक्त व्यक्तिलाई गोली हानी मारिएको जनाइएको छ।
गोप्य सेवाले उक्त व्यक्ति अहिले अज्ञात अवस्थामा अस्पतालमा रहेको बताएको छ। यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित नभएको पाइएको छ ।