आफ्नै श्रीमतिले शारीरिक सम्बन्ध राख्न पैसा मागेपछि
काठमाडौँ – श्रीमतिले शारीरिक सम्बन्ध राख्न पैसा मागेपछि विषय प्रहरीसम्मै पुगेको छ । भारतको बेंगलुरुमा एक आइटी इन्जिनियरले प्रहरीमा आफ्नै पत्नीविरुद्ध दिएको उजुरीमा शारीरिक सम्बन्ध राख्नका लागि पैसा मागेको, माइती पक्षसँग मिलेर आफूलाई मानसिक यातना दिएको आरोप छ ।
उनीहरुको तीन बर्षअघि विवाह भएको थियो । भारतको बेंगलुरुमा एक आइटी इन्जिनियरले प्रहरी समक्ष आफ्नै पत्नीविरुद्ध उजुरी दिएका छन् । पीडित सफ्टवेयर इन्जिनियरका अनुसार १४ अगस्ट २०२२ मा उनले विवाह गरेका थिए । विवाह अघि नै आफूसँग पत्नी र उनकी आमाले पैसा माग्न थालेको उनको आरोप छ ।
आफूले सासुको खातामा ३ लाख रुपैयाँ नगद र विवाह खर्चका लागि नगद ५० हजार रुपैयाँ दिएको जिकिर गर्दै उनले विवाहपछि पनि पैसा माग्ने र उत्पीडन गर्ने काम नरोकिएको उजुरीमा उल्लेख गरेका छन् ।
पत्नीले वैवाहिक जीवनलाई स्वीकार नगरेको, शारीरिक सम्बन्ध राख्न खोज्दा आत्महत्याको धम्की दिएको र मारपिटसमेत गरेको पीडित युवकको भनाइ छ ।
पत्नीले माइतीका लागि घर किन्न आफूमाथि दबाब बढाएको पनि पीडित युवकको दाबी छ । घर किन्नका लागि ६० लाख रुपैयाँ मागेको र प्रत्येक महिना ७५ हजार रुपैयाँको किस्ता तिर्नका लागि दबाब बढाएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
आफ्ना माग पूरा नभएसम्म शारीरिक सम्बन्ध राख्न नमानेको आरोप पनि उनले पत्नीविरुद्ध लगाएका छन् । सम्बन्ध विच्छेदका लागि प्रस्ताव राख्दा पत्नीले ४५ लाख रुपैयाँ मागेको समेत उनले उजुरीमा उल्लेख गरेका छन् ।