एक जोडीले ख्याल ठट्टा गर्दा घट्यो अनौठो घटना

बुधबार, २० चैत्र २०८१

काठमाडौँ – एक जोडीले ख्याल ठट्का गर्दा अनौठो घटना घटेको छ । रेस्टुरेन्टमा खाना खाइरहेका बेला ठट्टा गर्दा ठूलो दुर्घटनाको सामना गर्नु परेको छ । चीनको सिजुवान प्रान्तका २५ वर्षीया ली र प्रेमी वाङले भिडियो च्यालेन्ज पूरा गर्ने क्रममा घटना घटेको हो ।

लीले वाङको मुखमा हालेको औँला मजाक गर्दै टोकेका थिए । लीको औँला वाङको मुखबाट बाहिर नआएपछि हस्पिटल पुग्नुपरेको थियो ।

अडिट सेन्ट्रलको रिपोर्ट अनुसार यो घटना २०२५ को मार्च १८ को हो । ‘हामी त रमाइलोका लागि भिडियो बनाइरहेका थियौँ, तर अचानक उनको औँला मेरो बङ्गारामा अड्कियो । मैले प्रयास गरेँ, तर औँला बाहिर निस्केन ।’ लीलाई पीडा महसुस हुन थाल्यो । वाङको मुख पनि अनौठो तरिकाले अह्रररो भयो । शुरुमा त रेस्टुरेन्टमा भएका सबै जना हाँसे । तर साँच्चै समस्या भएपछि ती जोडीले मद्दत मागे । वातावरण गम्भीर भयो । अन्ततः उनीहरू दुबैलाई नजिकैको अस्पताल लगियो । स्थिति देखेर डाक्टरहरू पनि शुरुमा त हाँसे । तर स्थिति सहज थिएन।

‘हामीले धेरै अनौठा केसहरू देखेका छौं, तर यो सबैभन्दा अनौठो थियो । औँला बङ्गाराको बीचमा अड्किएको थियो’, जिलिन सिटी अस्पतालका डा। झाङले भने । डाक्टरहरूले शल्यक्रियाका उपकरणहरू प्रयोग गर्नुपर्यो । ३० मिनेटको प्रयासपछि, लीको औँला मुखबाट बाहिर निस्कियो । दुवैलाई सामान्य चोटपटक लागेको थियो तर यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कसैले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो घटनाको भिडियो अपलोड गरेको थियो । मानिसहरूले सामाजिक सञ्जालमा यस भिडियोमा निकै रमाइलो कमेन्ट गरिरहेका छन् ।