यस्ता छन् औषधीय गुण बोकेको सजिवनका फाइदा
सजिवन अत्यन्त लाभदायक सब्जी हो । सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ ।
सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात धेरै पोषक मानिन्छ ।
यस्ता छन् सजिवनका गुण
१ सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
२ हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
३ कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
४ उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
५ रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
६ गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
७ छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
८ सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
९ सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
१० सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
११ सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
१२ सजिवनको जरा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
१३ सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
१४ कलेजो खराब हुनबाट जोगाउँछ ।
१५ चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
१६ छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।
१७ सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।
१८ मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
१९ शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
२० पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्याउँछ ।