यस्तो छ रवि लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरीको ट्र्याक रेकर्ड

शनिबार, २३ चैत्र २०८१

काठमाडौँ – रवि लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरीको ट्र्याक रेकर्ड खराव रहेको पाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्न घरमै पुगेका डिएसपी दीपक खड्काको ट्र्याक रेकर्ड खराव रहेको पाइएको छ ।

रविलाई पक्राउ गर्न हात्तिगौडास्थित घरमै पुगेका खड्काले ‘अन्तिम इच्छा’ के छ भनेर सोधेका थिए । डिएसपी दीपक खड्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिएसओका रुपमा समेत खटिएका थिए ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको इन्चार्ज रहँदा उनी कारबाहीमा समेत परेका थिए । त्यतिबेला उनीमाथि आर्थिक प्रलोभनमा परेको गम्भिर आरोप लगाइएको थियो । उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप लागेको थियो ।