बागलुङको कालिका भगवती मन्दिरमा चैते दसैँमा ४२ लाख भेटी सङ्कलन
चैते दसैँको अवसरमा बागलुङको कालिका भगवती मन्दिरमा ४२ लाख ६३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष दुई लाखभन्दा बढी भेटि सङ्कलन भएको हो ।
गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार र मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।