दुर्गा प्रसाईंलाई गृहमन्त्रीले सुट गर्ने आदेश दिनुपर्थ्यो
काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ नागिना यादवले दुर्गा प्रसाईँलाई सुट गर्नुपर्ने धारणा राखेकी छिन् । सांसदसमेत रहेकी यादवले आफू मन्त्री भएको भए दुर्गा प्रसाईंलाई सुटका लागि निर्देशन दिने बताएकी थिइन् ।
उनले कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले सुरक्षाकर्मीलाई पेलेर जाने, सुरक्षाकर्मीमाथि नै गाडी हुइँकाउन खोज्नेलाई सुट गर्नुपर्ने बताएकी हुन् ।
यादवले चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्।
राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन्। उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए।