ह्वात्तै घट्यो काउली र घिरौंलाको मूल्य

आइतबार, ३१ चैत्र २०८१

काठमाडौं – आज काउली र बन्दाको मूल्य ह्वात्तै घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्थानीय काउली किलोमा १० रुपैयाँले घटेको छ । शनिबार ३५ रुपैयाँमा कारोबार भएको काउली आज २५ मा झरेको छ ।

आज घिरौंलाको मूल्य पनि किलोमा १० रुपैयाँले नै घटेको छ । शनिबार ६५ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य आज ५५ तोकिएको छ ।

आज लोकल काँक्राको मूल्य पनि घटेको छ । १०५ बाट घटेर ९५ मा कारोबार भइरहेको छ ।