काठमाडौंसहित कहाँ—कहाँ पर्यो पानी ? सावधान रहन महाशाखाको आग्रह
काठमाडौं — काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मंगलबार पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएका कारण विभिन्न ठाउँमा डुबान परेको छ । बिहीबारसम्म मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकोले महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।