मोदीसंग टक्कर लिएका गान्धी भाजपा कार्यक्रतासंग नराम्ररी पछारिए ? (ताजा अवडेट सहित)

बिहिबार, ९ जेष्ठ २०७६

काठमाडौं – भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४२ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।

उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।