चर्चित १६ युट्युब च्यानल बन्द
काठमाडौँ – भारतले पाकिस्तानविरुद्ध अर्को एक्सन लिएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारतले पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ ।
सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित च्यानलमाथि प्रतिबन्द लगाएको हो ।
ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कूल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।
गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बीबीसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।
अप्रिल २२ गते पहलगामस्थित बाइसरण क्षेत्रमा आतंकवादीले नाम र धर्म सोधेर हिन्दूधर्मी छानेर एक नेपालीसहित २७ पर्यटकको मृत्यु भएको थियो ।
उक्त घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) ले गरिरहेको छ । घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ । सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ ।