२५ करोड मौरी भागेपछि सावधानी अपनाउन सरकारको आग्रह

शनिबार, १७ जेष्ठ २०८२

काठमाडौं— २५ करोड मौरी भागेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकाको वासिङटन राज्यमा ट्रक पल्टिदा २५ करोड माहुरी एकसाथ भागेको भन्दै प्रहरीले सावधानिक अपनाउन आग्रह गरेको छ । मौरीले भाग्ने क्रममा अबरोध हुँदा एकै ठाउँमा झुम्मिने र टोक्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरू एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।

क्यानडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ ।

पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् ।