होटलभित्र झुण्डिएको अवस्थामा भेटिए युवा, अर्को कोठामा थिए बुवाआमा*
काठमाडौँ – विदेशबाट आएका बुबालाई स्वागत गरेपछि एक युवकले आत्महत्या गरेका छन् । गौशाला, पिंगलास्थानस्थित होटल प्राइम सुइटमा नवलपरासी, पालिन्दन गाउँपालिका ६ का २४ वर्षीय निराजन चौधरीले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार मलेसियाबाट हिजो फर्किएका बुबा वीरेन्द्र चौधरीलाई स्वागत गरेपछि उनी उक्त होटलको कोठा नम्बर ४०३ मा बसेका थिए ।
बुबाआमाचाहीँ ४०६ नम्बरमा थिए । बिहीबार बिहान ढिलोसम्म कोठा नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका हुन् । उनी होटलको बेड सजाउन राखिने कपडाको टुक्राले घाँटीमा पासो लगाई पङ्खामा झुन्डिएका थिए ।
(*शीर्षक सच्याइएको – सम्पादक)