रवि छुटाउन बाबुराम भट्टराई मैदानमा…
काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेलाई छुटाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मैदानमै उत्रिएका छन् । सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको विरोध स्वरुप भट्टराई फिल्डमै आएर रविलाई रिहाईको माग गरेका छन् ।
उनले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबध्दता जनाउँदै सरकारको प्रतिशोधपूर्ण व्यवहारको विरोध गरेका छन् । सहकारी काण्डमा मुछिएका रवि अदालतको आदेशपछि रुपन्देही जिल्ला कारागारमा रहेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेको भट्टराईले रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका हुन् । ‘तपाई असल भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन भईराखेको छ, यसले विधिको शासान भन्दा पनि अरु कुनै नियतले काम गरेको छ कि भन्ने शंका गर्ने प्रश्स्त आधार छ ।’
उनले आफू पनि गणतन्त्रको लागि लडेको व्यक्ति भएको र अदालतले तथ्य प्रमाणसहित दोषी ठहर नगर्दासम्म उ निर्दोष सिद्धान्त रहेको रविको पक्षमा हस्ताक्षर गरेको बताए । उनले रवि लामिछानेमाथि देखिने गरी प्रतिशोध भएको गन्ध आएको पनि बताए ।
‘राजनीतिक व्यक्तित्वमाथि देखिने गरी प्रतिशोध भएको जुन गन्ध आउँ यो ठिक भएन भनेर म नयाँ वैकल्पिक शक्तिको रुपमा उदयमान भइराखेको रास्वापाका नेता मेरा मित्र पनि हुनुहुन्छ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न यहाँ आएको हुँ ।’, उनले भने ।