समृद्धिफाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

आइतबार, ४ साउन २०८२

काठमाडौं — समृद्धिफाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्तकम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखराफाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।