बुटवल पुग्यो kyungsung university काे टाेली, दियालो फूडल्याण्डमा भव्य सेमिनार हुँदै 

शुक्रबार, ३० साउन २०८२

बुटवल – गोल्डेन इमिनेन्ट इन्टरनेशनले आयाेजना गरेकाे दक्षिण कोरिया अध्ययन सम्बन्धी सेमिनारमा सहभागी हुन kyungsung university काे टाेली बुटवल आइपुगेको छ । बुटवलकाे दियालो फूडल्याण्डमा आज हुने सेमिनारमा सहभागी हुन विश्वविद्यालयका डिन प्रध्यापक Hak Seon Kim, सहायक डिन प्राेफेसर  Mina cho yo, प्राेग्राम म्यानेजर min hwan Joen र Chang keun koo बुद्ध एयरको फ्लाइट मार्फत भैरहवा हुँदै बुटवल आइपुगेका हुन् ।

सेमिनारमा kyungsung university का विशेषताहरुको बारेमा जानकारी दिने छन् । विश्वविद्यालयबाट आएका प्रतिनिधिले सेमिनारमा विश्वविद्यालयमा भर्नाको मार्गदर्शन, छात्रवृत्तिको अवसर, भिसाको सम्भावना, ट्युसन फि, कोरियाको जीवन लगायतका विषयमा जानकारी दिने गाेल्डेन इमिनेन्टका प्रवन्ध निर्देशक प्रकाश रिजालले बताएका छन् ।

सेमिनारमा सहभागी विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रबृत्तिको अवसर प्रदान गरिने छ भने केही विद्यार्थीलाई ट्युसन फिमा क्यास ब्याककाे अवसर प्रदान गरिने छ । सेमिनारमा सहभागी विद्यार्थीको अन्तरवार्ता समेत हुने बताइएको छ।

बिहान ११ बजेदेखि सुरु हुने सेमिनार ३ बजेसम्म चल्ने छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनले बुधबार काठमाडौँ र बिहिबार चितवनमा सेमिनार गरेकाे थियाे । जहाँ विद्यार्थीकाे भव्य सहभागिता रहेको थियो । बुटवलको सेमिनार पनि भव्य हुने आयाेजक गाेल्डेन इमिनेन्टले जनाएकाे छ । काेरियाकाे याे विश्वविद्यालयमा एक हजार बढी नेपालीहरू अध्ययनरत छन् ।