बुवाको मुख हेर्ने दिन अदालतको भाबुक फैसला
काठमाडौँ – बुवाको मुख हेर्ने दिन एक अदालतले भाबुक फैसला सुनाएको छ । नेपालमा बुबाप्रति श्रद्धा, स्नेह र कृतज्ञता व्यक्त गर्ने विशेष अवसरका दिन अमेरिकाको रोड आइलेन्डका चर्चित न्यायाधीश फ्रान्क काप्रियोको इजलासले भावुक फैसला सुनाएका हो । छोरीलाई अस्पताल पुर्याउने हतारमा गाडी कुदाउँदा बुबामाथि ट्राफिक नियम उल्लङ्घनको मुद्दा लागेको थियो।
सामान्य अदालतमा यो प्रकरणमा सजाय तिर्नु पर्ने हुन्थ्यो। तर काप्रियोले विवेक पुर्याए र फरक फैसला सुनाए । उनले सानी छोरीलाई सोधे, ‘तिमी नै भन, तिम्रो बुबालाई फाइन तिर्न लगाऊँ कि माफ गरिदिऊँ ?’ छोरीले निश्चल हाँसोका बीचमा उत्तर दिइन् “माफ गरिदिनुपर्छ।” त्यसपछि काप्रियोले भने—“आज यो अदालतको न्यायाधीश तिमी नै हौ। म तिम्रो आदेश मान्छु। फाइन माफ।”
न्यायाधीश काप्रियोलाई विश्वभर “Catching Compassion Judge” भनेर चिनिन्छ, सधैं कानुनसँगै मानवताको भाषा बोल्ने व्यक्तित्वका रुपमा परिचित छन्। घटना यस्तो थियो—एक बुबा अदालतमा उभिएका थिए, सँगै सानी छोरी थिइन्। छोरीलाई अस्पताल पुर्याउने हतारमा गाडी अलि तेज कुदाएको कारण बुबामाथि ट्राफिक नियम उल्लङ्घनको मुद्दा चलाइएको थियो। सामान्य अदालतमा यो प्रकरणमा सजाय तिर्नु पर्ने हुन्थ्यो। तर काप्रियोले फरक निर्णय गरे।
उनले सानी छोरीलाई सोधे, ‘तिमी नै भन, तिम्रो बुबालाई फाइन तिर्न लगाऊँ कि माफ गरिदिऊँ ?’ छोरीले निश्चल हाँसोका बीचमा उत्तर दिइन् “माफ गरिदिनुपर्छ।”
त्यसपछि काप्रियोले भने, “आज यो अदालतको न्यायाधीश तिमी नै हौ। म तिम्रो आदेश मान्छु। फाइन माफ।” बुबाको अनुहारमा आएको मुस्कान, छोरीको चम्किलो आँखा र काप्रियोको करुणामय निर्णयले त्यो दिन अदालतलाई भावनाको उत्सवमा परिणत गर्यो।
नेपालमा आज हामी बुवाको अनुहार हेरेर आशीर्वाद लिइरहेका छौँ। त्यही अदालतको घटना पनि मानौं आजकै भावसँग मेल खान्छ सन्तानले बुबाको कठिनाइमा उभिएर रक्षा गर्ने, बुबाको लागि करुणा र क्षमाको आवाज बन्ने। काप्रियो मात्र न्यायाधीश थिएनन्, उनी असंख्य मानिसका लागि अभिभावक समान थिए। उहाँले न्यायमा केवल नियम मात्र होइन, मानवताको गहिरो अर्थ पनि जोडिएको हुन्छ भनेर प्रमाणित गरे।
यो घटनाले सन्तानका लागि बुवा संसारको सबैभन्दा ठूलो आधारस्तम्भ हुन्। बुबालाई केवल अनुहार हेरेर होइन, आवश्यकता पर्दा बचाउने आवाज बन्ने पनि छोराछोरीको धर्म हो भनि बुझ्न सकिन्छ।