तीजको मुखामा सुनको मूल्य आकासियो
काठमाडौँ – तीजको मुखैमा सुनको मुल्य आकासिएको छ । आइतबार नेपाली बजारमा सुन तोलामा दुई हजार ३०० रुपैयाँले बढेर झण्डै २ लाखमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भएको छ ।