आज बर्षकै लामो दिन ,भोलिदेखि दिन छोटो र रात लामो हुँने
आज बर्षकै लामो दिन हो । आज शुक्रबार अर्थात जुन २१ मा यो बर्षकै लामो दिन हुने गर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।
सामान्यतयास् आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । आज नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय झन्डै १४ घण्टाको बिचमा हुन्छ। भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।
प्रायजसो जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ ।