सत्तारुढ सांसदकै कारण प्रधामन्त्री ओलीको कुर्षि हल्लीयो, के होला विषादी परिक्षण काण्ड ?
काठमाडौं – तरकारी र फलफूलमा विषादी परीक्षण काण्डले फेरी प्रधामन्त्री केपि शर्मा ओलीको कुर्षिमा धक्का लागेको छ । शनिबारको सत्तारुढ नेकपाको संसदिय दलको बैठकमा सांसदहरुले सरकारको विरोध गर्दै भारतसंग झुकेको आरोप लगाएपछि ओलीको कुर्षि हल्लीएको हो ।
भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताएपछि ओली आगो भएका थिए ।
उनले सरकारले गरेका कामको विराध गर्नु संसदिय मर्यादा विपरित हुने भन्दै सत्तारुढ सांसदहरुलाई धम्की पनि दिएका थिए । शनिबारको संसदिय दलको बैठकमा ओली सरकारको आलोचण्ना गर्ने सांसदलाई कारर्वाही समेत हुनसक्ने बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।
प्रधानमन्त्री ओलीले कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिनु परेको बताएका छन् । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’
सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । काठमाडौंस्थित भारतीय दूताबासले लिखित पत्र नै लेखेर सरकारी निर्णयको विरोध गरेको थियो ।