बालेन शाहले गरे प्रधानमन्त्री कार्यालय प्रवेशमा कडाई
काठमाडौं—बालेन शाहले प्रधानमन्त्री कार्यालय प्रवेशमा कडाई गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका बालेनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसर प्रवेश गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेका हुन् ।
यसअघि सिंहदरबार छिरेका व्यक्ति सिधैं प्रधानमन्त्री कार्यालयमा प्रवेश पाउँथे । अबदेखि प्रधानमन्त्री कार्यालय जानै परे मुख्यसचिव, सचिव र बालेनको सचिवालयबाट अनुमति लिनुपर्ने छ ।
बालेनका लागि सिंहदरबारमा नयाँ आसन उत्तर फर्काएर तयार पारिएको छ । यसअघिका प्रधानमन्त्री पूर्वी आसनमा बस्ने गर्थे ।
बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ ।